प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक
मङ्गलबार, १९ असोज २०७८, १३ : ३९
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ । पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।
घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको बैठक राखिएको दाहालले जानकारी दिए । यसबाहेक प्रधानन्यायाधीशको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा