बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ

शुक्रबार, १५ असोज २०७८, १५ : ३९
शुक्रबार, १५ असोज २०७८

पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । 

अभियुक्तलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । अभियुक्तको साथबाट खुकुरी र झोला बरामद भएको प्रहरीको भनाइ छ ।  छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँजा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छुरा प्रहार गरेको  अनुसन्धानबाट खुलेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप