पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, १५ असोज २०७८, १५ : ३९
पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ ।
अभियुक्तलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । अभियुक्तको साथबाट खुकुरी र झोला बरामद भएको प्रहरीको भनाइ छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँजा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
