पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार
सोमबार, ११ असोज २०७८, १३ : ०४
पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले रातोपाटीलाई बताए । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए ।
एकजना व्यक्ति आएर उनलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ । हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण