लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।
नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई पार्टीमा भित्र्याउने तयारी भइरहेको छ ।’
लेखीले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै लोसपा नेपालबाट राजीनामा दिएका हुन् । जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने र पुराना पार्टीभन्दा पनि खराब अवस्थामा पुगेपछि राजीनामा दिनुपरेको रातोपाटीलाई बताए ।
उनले अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने रातोपाटीलाई जानकारी दिए । एमालेको नाम नखुलाइ उनले रातोपाटीसँग भने, ‘लोसपा नेपालबाट राजीनामा दिएँ, अब कुन दलमा जाने भन्नेबारेमा छलफल गरिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण