शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा

बिहीबार, १४ असोज २०७८, १० : ४७
बिहीबार, १४ असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको रातोपाटीलाई बताए । राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए । 

उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे । अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने उनको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप