शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक : को को भए सहभागी ?

बिहीबार, १४ असोज २०७८, ११ : ००
बिहीबार, १४ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । 

प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी नभएको उनले बताए ।

 


 

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।

प्रमुख स्वकीय सचिव देउवाका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् । 

संसदमा एमालेद्वारा जारी अवरोध अन्त्यका लागि बोलाइएको बैठक एमाले बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकले पनि संसदको गतिरोधको समाधान खोज्न गाह्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप