देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार
काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले
बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको हो ।
नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।
‘एकीकृत समाजवादी पार्टी संसदमा समेत गैरकानुनी रुपमा उपस्थित भइरहेको अवस्था छ भने अर्कोतिर सर्वोच्चमा सो पार्टीविरुद्ध मुद्दा छ । यस्तो अवस्थामा एमाले सर्वदलीय बैठकमा उपस्थित हुदैन’,केपी ओली निकट एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘गैरकानुननी काममा एमाले प्रवेश गर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल