मन्त्री बन्ने रहर छैन, म सरकारमा जान्नँ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएका बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।
‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु’ यादवले रातोपाटीसँग भने, ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’
अध्यादेश फिर्ता भएपछि सरकारमा सहभागी हुने बताएका जसपा अध्यक्ष यादवले गठबन्धनमा सहभागी सबैले बराबरी संख्याका आधारमा सरकारमा सहभागिता पाउनुपर्ने बताए । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाबाहेक २४ मन्त्रालयमा ४ दललाई समानरुपमा सहभागी गराउनुपर्ने जसपाको अडान रहेको यादवको भनाइ छ ।
यसरी २४ मन्त्रालय बराबरी भाग लगाउने हो भने अब नेपाली काँग्रेसबाट तीन जनामात्रै मन्त्री थप्न पाइन्छ भने माओवादीबाट ४ जना मन्त्री बन्न पाउनेछन् । बराबरीका आधारमा भागवण्डा गर्दा माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट भने ६/६ जना मन्त्री हुन पाउँछन् ।
तथापि अहिलेसम्म गठबन्धन दलहरुले कतिवटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागिसकेको छैन । गठबन्धन दलका पनि शीर्ष नेताहरु देउवा, प्रचण्ड र नेपालले आ–आफ्नो पार्टीका मन्त्रीहरु छान्ने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
