मन्त्रिपरिषद विस्तारको गृहकार्य : उपप्रधानमन्त्री नबनाउने देउवाको तयारी
अध्यादेशसम्बन्धी विवाद टुंगो लागेका कारण अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा बुधबारभित्रै नयाँ मन्त्री चयन हुने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् ।
अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काँग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठाउनुपर्ने हुन्छ, तर उपप्रधानमन्त्री बनाउने हो भने देवेन्द्र पौडेललाई पठाए पनि हुन्छ ।
त्यसैगरी, एमालेबाट राजीनामा दिएका वामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने प्रस्ताव माधव नेपालसमक्ष राखिरहेको स्रोतको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र अरु गठबन्धन दलबाट पनि कनिष्ठ नेताहरुलाई मन्त्री बनाउन चाहेको सत्ता गठबन्धनका एक नेताले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण