मन्त्रिपरिषद विस्तारको गृहकार्य : उपप्रधानमन्त्री नबनाउने देउवाको तयारी

अध्यादेशसम्बन्धी विवाद टुंगो लागेका कारण अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा बुधबारभित्रै नयाँ मन्त्री चयन हुने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् ।
अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काँग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठाउनुपर्ने हुन्छ, तर उपप्रधानमन्त्री बनाउने हो भने देवेन्द्र पौडेललाई पठाए पनि हुन्छ ।
त्यसैगरी, एमालेबाट राजीनामा दिएका वामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने प्रस्ताव माधव नेपालसमक्ष राखिरहेको स्रोतको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र अरु गठबन्धन दलबाट पनि कनिष्ठ नेताहरुलाई मन्त्री बनाउन चाहेको सत्ता गठबन्धनका एक नेताले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग
-
राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल