एमाले विधान : ओलीलाई अध्यक्षभन्दा माथि राख्न सकिने
नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई भविष्यमा पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्न मिल्ने आशयको प्रावधान ल्याइएको छ । एमालेको प्रस्तावित विधानले पार्टीको निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने व्यवस्था गरेको छ । वरिष्ठ नेताको वरीयता अध्यक्षपछिको दोस्रो रहने भनिएकोमा निवर्तमान अध्यक्षलाई वर्तमान अध्यक्षभन्दा माथिल्लो वरियतामा समेत राख्न सकिने छिद्र खोलिएको छ ।
संशोधित विधानको धारा १५ को उपधारा ३ मा भनिएको छ,‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन् ।’ तर, सोही उपधारामा अगाडि थपिएको छ, ‘महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ ।’
विधानको यो प्रावधानअनुसार भोलि महाधिवेशनमा ओलीबाहेक अरू कुनै नेता अध्यक्ष भएको खण्डमा वरिष्ठ नेता ओली दोस्रो वरियतामा नबसी अध्यक्षभन्दा माथिको पहिलो वरियतामा बस्न पनि सक्ने छन् र कार्यकारी अध्यक्ष चाहिँ दोस्रो वरियतामा बस्नुपर्ने हुन सक्छ । तथापि यसलाई महाधिवेशनले पारित गर्नुपर्ने छ ।
नेकपा एमालेमा अहिले कोही पनि निवर्तमान अध्यक्षहरू छैनन् । पार्टीका पूर्वप्रमुख मध्ये सीपी मैनाली एमालेमा छैनन् । मनमोहन अधिकारीको मृत्यु भइसकेको छ । बाँकी रहेका झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी छाडिसकेका छन् ।
आगामी महाधिवेशनबाट कोही नयाँ अध्यक्ष बनेको खण्डमा केपी ओली एकमात्र निवर्तमान अध्यक्ष रहनेछन् । र, संशोधित विधानको धारा १५ पारित भयो भने वरिष्ठ नेतालाई पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्ने ढोका खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना