संखुवासभा सामूहिक हत्या प्रकरणमा ट्वीस्ट : मुख्य योजनाकार लोकबहादुरका काका

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले रातोपाटीलाई बताए ।
लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । ‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा हत्या गर्ने संगठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मुख थुनेर चिर्पटले हानेर हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चेलीलाई दिल्ली पुर्याउन खोज्ने युवक पक्राउ
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)