मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रबल जनसेवाश्री पदक डा. अशेष ढुंगानाले गरे अस्वीकार

आइतबार, ०३ असोज २०७८, १४ : १९
आइतबार, ०३ असोज २०७८

वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह–प्राध्यापक सहर नमिलेकाले बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुसी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु । 

​पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गदै नेपाल सरकारले भविष्यमा प्रदान गर्ने पुरस्कार मान पदवी सम्मानहरू विवादरहित रहोस् भने कामना गर्दछु । साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइराख्ने आशा गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप