बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

को–कोले गरे विभूषण नलिने घोषणा  ?

आइतबार, ०३ असोज २०७८, ११ : १३
आइतबार, ०३ असोज २०७८

पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए । 

‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप