बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुरा विवादमा शशांकको अभिव्यक्तिले देउवालाई राहत

शुक्रबार, ०१ असोज २०७८, ०७ : ०६
शुक्रबार, ०१ असोज २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो । पत्रकारसँगको संक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकाले त्यसको समाधान न्यायोचित ढंगले हुनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘निर्वाचन समितिलाई हामीले हाम्रो कुरा राख्यौँ, जहाँसुकै समस्या आयो, डडेल्धुरादेखि ठाउँठाउँमा हेरेर न्यायपूर्ण ढंगले तपाईले न्यायोचित निर्णय गर्नुहोस्, उहाँहरुको त्यत्रो माग आएको छ, पुनर्निर्वाचित हुनुपर्छ, र न्यायोचित ढंगले त्यहाँको समस्याको समाधान गर्नुपर्छ ।’

 

 


नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए । उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी बिपरित चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘डडेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ पुलिस अफिसर गए, त्यो डेमोक्रेसीका पक्षमा भएन, भन्ने कुरा राख्दा उहाँहरुले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो, अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिनँ ।’ 

महामन्त्री कोइरालाले उक्त अभिव्यक्तिले सभापति शेरबहादुर देउवालाई राहत मिलेको छ । यसअघि नै महामन्त्री पूर्णबहादुर खड्काले फेरि अधिवेशन गर्न नसकिने बताएका थिए । तर काँग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको बताए । उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिन अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताए ।

नेता कोइरालाले भने, ‘निर्वाचन आयोगलाई आज हामीले भेटेर डेमोक्रेसी अफ्ठ्यारोमा परेको छ, कसरी बचाउन सकिन्छ, तपाईहरुले निष्पक्ष न्याय दिनुहोस् भन्ने कुरा हो, उहाँहरुले पुनः निर्वाचन हुनुपर्छ भन्ने कुरामा गर्दैहुनुहन्छ, सम्बन्धित पक्षसँग पनि र अधिकृतलाई पनि बोलाउँछु भन्नुभएको छ।’

पौडेल समूह क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ति जनाउँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप