युनिलिभर चिया प्रकरण : नमूना परीक्षण नै गरिएन, मुचुल्का अनुसार कारबाही गर्न निर्देशन

बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रबाट बरामद भएको म्याद गुज्रिएको चियापत्तीको नमूना परीक्षण नै नगरी घटनास्थलको मुचुल्काका आधारमा कारबाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मातहत कार्यालयलाई निर्देशन दिएको छ ।
गत भदौ १५ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर नेतृत्वको अनुगमन टोलीले उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रबाट केन्द्रबाट म्याद गुज्रिएको ३२ टन सीटीसी र बोरामा कोचेर राखिएको अन्य चियापत्ती बरामद गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले बरामद चियापत्तीको नमूना परीक्षण गर्न विभागमा पठाएको थियो ।
विभागले बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडालाई परिपत्र गर्दै मुचुल्काका आधारमा कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । म्याद गुज्रिएको चियापत्तीको नमूनाहरू परीक्षण नै नगरी मुचुल्काको आधारमा कारबाही प्रक्रिया अघि बढाउन विभागले हेटौंडास्थित कार्यालयलाई निर्देशन दिएको हो ।
कार्यालयले युनिलिभरविरुद्ध खाद्य ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाउने तयारी गरिरहेको कार्यालयका प्रमुख सोमकान्त रिजालले जानकारी दिए । विभागले दिएको निर्देशनका आधारमा कानूनी प्रक्रिया पूरा गरी मुद्दा हेर्ने अधिकारी तोकेर अघि बढ्ने तयारी गरिरहेको उनले बताए ।
युनिलिभरले म्याद गुज्रिएको चिया बेचेको मामिला अनुसन्धान क्रममै रहेका कारण विभागले पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने उनले बताए । अनुसन्धान सम्पन्न भएलगत्तै पत्र सार्वजनिक रिजालको भनाइ छ ।
अनुसन्धान कार्यलाई सहजता प्रदान गर्न र आवश्यक प्रमाण पूरा गर्न, चियापत्तीको नमूना कलेक्सन गरी सुक्ष्म तरिकाले अनुसन्धान कार्य गर्न केही नमूनाहरू विभाग पठाइएपनि म्याद गुज्रिएका सामग्रीहरूको परीक्षण आवश्यक नरहेको भन्दै मुचुल्काका आधारमा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन आएको उनले बताए ।
कानूनबमोजिम युनिलिभरविरुद्ध अदालत वा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दायर गरी सो फैसलाको आधारमा कारबाही गरिने र बरामद म्याद गुज्रिएका चियापत्ती नष्ट गर्ने कार्यालयले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग पनि समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेकाले केही दिनमै युनिलिभरविरुद्ध खाद्य ऐन अनुसार मुद्दा दायर हुने कार्यालय प्रमुख रिजालले बताए ।
युनिलिभरको चिया प्रशोधन केन्द्रमा भारी परिमाणमा म्याद गुज्रिएको चियापत्ती फेला परेपछि अनुसन्धान निम्ति स्थानीय प्रशासनले शिल गरेको थियो ।
युनिलिभरले आम उपभोक्तालाई ठगी गर्नेगरी म्याद नाघेको चियापत्ती प्रशोधन गरी ‘रेड लेबल’ ब्राण्डका रुपमा बजारमा बिक्री गर्ने तयारीका साथ ३२ टन म्याद गुज्रिएको सिटिसी नाम उल्लेख भएको चियापत्ती भण्डार गरेर राखेको थियो ।
उद्योगमा म्याद गुज्रिएका सो परिमाणका सिटीसी नामको चियापत्तीसहित बोरामा प्याक गरिएका अन्य नाम उल्लेख नभएका चियापत्ती फेला परेको थियो ।
अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तीको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । तर, युनिलिभरले म्याद गुज्रिएको चियापत्ती जम्मा गरेर ‘रेड लेबल’ ब्राण्डबाट बजारमा बिक्री गर्दै आएको टोलीका अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन
-
प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधिसभाको तयारी
-
पूर्वराजा शाहप्रति माधवको टिप्पणी : कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा निर्वाचन कमिटी गठन
-
राससको अपूर्ण तस्बिर संग्रह
-
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु