युनिलिभर ‘रेड लेबल’ चिया प्रकरणको अनुसन्धान कार्य सुस्त
जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा उपभोक्तावादी संस्थाहरुसहितको टोलीले ठुलो मात्रामा म्याद गुज्रिएको चियापति फेला परेपछि बहुराष्ट्रिय कम्पनी युनिलिभरमा २ साताअघि शिल गरिएको थियो । तर, त्यसबारे अनुसन्धान प्रक्रियाले भने तीव्रता पाउन सकेको छैन ।
गत भदौ १५ गते युनिलिभरको चिया प्रशोधन केन्द्रमा ठुलो मात्रामा म्याद गुज्रिएको चियापति फेला परेपछि अनुसन्धानको लागि स्थानीय प्रशासनले उद्योगमा शिल गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो विषयमा अनुसन्धान प्रक्रिया जारी रहेकोले तत्काल यसै भन्न नसकिने भन्दै पन्छिएको छ ।
चियापतिको स्याम्पल कलेक्सन गरी सुक्ष्म तरिकाले अनुसन्धान कार्यको गरिरहेको र केही स्याम्पलहरु विभाग पठाइएको कारण प्रतिवेदन प्राप्त नभएसम्म कुनै प्रतिक्रया नदिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए ।
अनुसन्धान प्रक्रिया नसकेसम्म उद्योगको शिल नखोलिने र प्रतिवेदन प्राप्त हुनासाथ कानुनी प्रक्रियाका लागि प्रशासन कार्यालय वा अदालतमा मुद्दा दायर गरिने उनको भनाइ छ ।
हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल लिमिटेडले आम उपभोक्तालाई ठगि गर्नेगरी म्याद नाघेको चियापति प्रशोधन गरि ‘रेड लेबल’ ब्राण्डका रुपमा बजारमा बिक्री गर्ने तयारीका साथ ३२ टन म्याद गुज्रिएको सिटिसी नाम उल्लेख भएको चियापति भण्डार गरेर राखेको थियो ।
उद्योगमा म्याद गुज्रिएका सो परिमाणका सिटीसी नमाको चियापतिसहित बोरामा प्याक गरिएका अन्य नाम उल्लेख नभएका चियापति फेला परेको थियो ।
अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापति सन् २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नु पर्ने जनाइएको छ ।
उद्योगलाई उन्मुक्ति दिने शंका बढेको छः खतिवडा
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले राज्यको कानुन हातमा लिएर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगलाई उन्मुक्ति दिने खालका काम भइरहेकाले अनुसन्धान प्रक्रियामा ढिलासुस्ती भइरहेको आरोप लगाए ।
उपभोक्ता हित संरक्षण मञ्च राज्यको कानुन हातमा लिने युनिलिभर जस्तो उद्योगको विपक्षमा रहेको भन्दै बरामद भएको म्याद गुज्रिएका चियापति नष्ट गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निरन्तर रुपमा माग गरिरहेको उनले बताए ।
मञ्चले विज्ञप्ति नै जारी गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र महतका कार्यालयहरुलाई खबरदारी गरिरहेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ । तर, युनिलिभरको हकमा सो निर्देशन किन लागु भएन ? उनले प्रश्न गरे ।
चियापति नष्ट नगरी परिक्षणका लागि विभाग पठाउन शंकास्पद भएको भन्दै यसले मुद्दा कमजोर बनाउने कार्यलाई प्रसय दिएको उनले बताए ।
अनुसन्धान कार्यमा भएरहेको ढिलासुस्तीले चलखेल र उद्योगलाई उमुक्ति दिने कार्य भएको आशंकाका कारण मञ्चले केन्द्रीय तहबाट नै दवाव दिने काम गरिरहेको उनको भनाइ छ ।
विभाग वा मातहतका कार्यालयले कुनैपनि प्रलोभनमा परेर गैरकानुनी काम गर्ने उद्योगहरुलाई उन्मुक्ति दिने काम भए वा गरे मञ्च त्यस कार्यको विरोधमा उत्रिने र आवश्यक कानुनी प्रक्रियामा जाने चेतावनीसमेत उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
-
काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
-
‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’
-
आइतबारदेखि मौसम सुधार हुने