गाउँपालिका अध्यक्षको सुविधाका लागि जनता ३१ किलोमिटर टाढा जानुपर्ने बाध्यता

सिरहाको औरही गाउँपालिकाको आफ्नै भवन छ । त्यहाँ सबै सेवा सुविधाहरु पनि छन् । तर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायतको लापरबाहीका कारण त्यहाँका सेवाग्राहीहरू ३१ किलोमिटर टाढा लहान जान बाध्य छन् । गाउँपालिकामै रहेको कार्यालयमा न अध्यक्ष, न प्रशासकीय अधिकृत न त लेखा अधिकृत बस्छन् । उनीहरू कार्यालयमा नबसेपछि नबसेपछि अरू कर्मचारीहरू बस्ने कुरा नै हुँदैन । सेवाग्राहीहरू गाउँपालिका कार्यालय जाँदा त्यहाँ कसैसँग भेट हुँदैन । अनि उनीहरु बाध्य भएर ३१ किलोमिटर टाढा जान बाध्य हुन्छ ।
गाउँपालिकाको अर्को कार्यालय लहानमा पनि छ । गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव औरही गाउँपालिकाका भए पनि उसको अर्को घर लहानमा पनि छ । त्यस्तै, सप्तरीका प्रशासकीय अधिकृत रामनारायण साहको बस्ने क्वार्टर पनि लहानमै व्यवस्था छ । उता, गाउँपालिका लेखा अधिकृत आशिषकुमार कामैत लहानको नापी कार्यालयमा पनि काम गर्ने भएकाले उनी पनि त्यही बस्छन् । तीनजना प्रमुख व्यक्ति नै उतै बस्न थालेपछि गाउँपालिकाकै कार्यालय नै त्यही स्थापना गरिएको छ ।
प्रमुखहरूसँग कुनै विशेष काम पर्यो भने यहाँका कर्मचारीहरू फाइल लिएर लहानस्थित कार्यालय नै जानुपर्छ । त्यसैले उनीहरू कहिलेकाहीँ औरही गाउँपालिकाका कार्यालयमा आउँछन् । प्रशासकीय अधिकृत साह पछिल्लो पटक भदौ १६ गते गाउँपालिकाको कार्यालयमा आएका थिए । त्यसपछि आइतबार मात्र उनी कार्यालयमा देखिएको त्यहाँस्थित एक कर्मचारीले बताए । उनी आएको दिन बाँकी रहेका सबै दिनको हाजिर गर्छन् । त्यहाँ विद्युतीय हाजिर मेसिन पनि जडान गरेको छ तर त्यो सञ्चालनमा छैन । हाजिर गर्ने व्यवस्था रजिस्टरमा गरेको छ । अरु कर्मचारीहरुले पनि त्यही गर्छन् । गाउँपालिका उपाध्यक्ष सीता कुमारी यादवले अनुपस्थित रहेकाहरुको रजिस्टरमा एक दुईपटक रातो चिन्ह लगाइ दिएपनि उनीहरुले त्यसमा हस्ताक्षर गरेका छन् ।
औरही गाउँपालिका अरविन्द यादव भन्छन्, 'मैले यो गाउँपालिकाको काम गरेका थिएँ । त्यसको भुक्तानीका लागि पटक पटक कार्यालय धाउँदा न लेखा प्रमुखसँग भेट हुन्थ्यो न प्रशासकीय प्रमुखसँग । त्यसपछि म लहान गएँ, लहानको कार्यालयमा पनि लेखा प्रमुखसँग भेट भएन । उहाँ नापी कार्यालयमा काम गर्ने भएका हुनाले त्यहाँ गएर भेट्दा उहाँले गाउँपालिकाको काम गर्न मान्नु भएन ।' अरविन्द आफ्नो कामका लागि औरही गाउँपालिकाबाट पटक–पटक लहान गए तर उनको काम हुन सकेन ।
त्यस्तै सेवाग्राही हुन् औरही गाउँपालिका वडा नम्बर ५ का मुकेश साह । उनी पनि काम विशेषले पटक पटक गाउँपालिकाको कार्यालयमा जाँदा कसैसँग भेट हुँदैनथ्यो । त्यसपछि उनी पनि बाध्य भएर लहान गए । लहानमा पनि हालत त्यस्तै थियो । रातोपाटीको सम्पर्कमा आएका मुकेश साहले भने, लहानको कार्यालयमा दौडधूप गरेपछि मात्र बल्लबल्ल काम भयो ।'
यस्तै समस्या औरही गाउँपालिका वडा नम्बर ३ का रामनाथ यादवले झेलेका थिए । उनी पनि आफ्नो कामका लागि गाउँपालिका कार्यालय जाँदा कर्मचारी नभेटेपछि लहानस्थित कार्यालय जान बाध्य भएका थिए ।
तर प्रशासकीय अधिकृत साह भन्छन्, 'लहानमा गाउँपालिकाको कार्यालय छैन । त्यहाँ मेरो क्वार्टर मात्र छ ।’ 'कार्यालयमा तपाईं प्राय: अनुपस्थित हुनुहुन्छ भन्ने आरोप छ नि' भन्ने जिज्ञासामा उनले आफू काम विशेषले बाहिर भएको बेला र बिदा लिएको दिन बाहेक सधैँ कार्यालय आउने गरेको दाबी गरे । पालिका अध्यक्ष यादवलाई सम्पर्क गर्दा उनको मोबाइल अफ थियो ।
गाउँपालिका उपाध्यक्ष सीता यादव भन्छिन्, 'म आफै त्यसको पीडित हुँ । म प्राय: कार्यालय जान्छु तर त्यहाँ कोहीसँग भेट हुँदैन । कुनै काम पर्यो भने म आफै पनि लहान कार्यालय जाने गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यको फाइफर, कोशीको खराब प्रदर्शन जारी
-
'वसन्त-साँझ'मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रको प्रस्तुति, तस्बिरहरू
-
इजरायलद्वारा लेबनानमा आक्रमण, एक जनाको मृत्यु
-
नेपालबाट हटिसकेको राजतन्त्र फर्किने सम्भव छैन- घनश्याम भुसाल
-
मोटरसाइकल दुर्घटनामा वाईसिएल दोलखाका अध्यक्ष गम्भीर घाइते
-
महायज्ञको नाममा घर भत्काइएका दीपकको परिवारद्वारा जाहेरी दर्ता, गाउँपालिका अध्यक्षसहित तीन आरोपी