रोनाल्डोबिना जीतविहीन युभेन्टस
आइतबार, २७ भदौ २०७८, ०८ : ५७
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।
तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । आफ्नो पहिलो खेलमा नै उनले दुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् ।
यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो र कालिडो कुलिबेली एक–एक गोल गर्दै नापोलीलाई जीत दिलाए ।
जीतसँगै नापोली ३ खेलबाट ९ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्टस भने ३ खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान