बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युनाइटेड विजयी

शनिबार, २६ भदौ २०७८, २२ : ०७
शनिबार, २६ भदौ २०७८

आफ्नो डेब्यू खेलमा नै क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार युनाइटेडले न्युक्यासललाई ४–१ गोलले पराजित गरेको हो ।

१२ वर्षपछि आफ्नो पुरानो क्लबमा फर्किएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३६ वर्षीय रोनाल्डो युभेन्टस छाडेर युनाइटेड फर्किएका हुन् । ह्याभियर मानकुइलोले दोस्रो हाफमा न्युक्यासलका लागि बराबरी गोल फर्काए पनि लगत्तै रोनाल्डोले दोस्रो गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए ।

ब्रुनो फर्नान्डेजले खेलको ८० औँ मिनेटमा युनाइटेडको तेस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा जेसे लिन्डगार्डले अर्को गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे ।

चार खेलबाट १० अंकसहित युनाइटेड शीर्ष स्थानमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप