शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव

शनिबार, २६ भदौ २०७८, १३ : ३१
शनिबार, २६ भदौ २०७८

नेकपा एमालेको  विधान अधिवेशनमा  ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ । बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले  केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जानकारी दिए ।

एमालेको विधान अधिवेशनबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे फेरि च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्ने उनले बताए । 

‘विधान अधिवेशनमा प्रतिनिधि को–को हुने भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो अघिल्लो विधानले राष्ट्रिय  प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो । तर, नवौँ राष्ट्रिय अधिवेशनपछि पार्टी एकता भयो र प्रतिनिधि परिषद्को निर्वाचन हुन पाएन ,’ भट्टराईले भने, ‘त्यसैले अन्तरिम व्यवस्थामार्फत  गरेर विधान महाधिवेशनका प्रतिनिधिहरू निश्चित गर्नुपर्ने भएकाले यस विषयमा छलफल गर्दैछौँ ।’

बैठकमा राजनीतिक र साङ्गठनिक विषयमा पनि छलफल हुने उनले बताए  । ‘स्थायी कमिटीले सबै विषयमा छलफल गरेपछि केन्द्रीय कमिटीमा दस्तावजेहरु जान्छ, र केन्द्रीय कमिटीले छलफल गरेपछि विधान महाधिवेशनमा ती दस्तावेजहरू जान्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप