सभामुखले एमाले विभाजनमा भूमिका खेल्नुभयो, उचित जवाफ दिनुपर्छ : एमाले

नेकपा एमालेका नेता योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताएका छन् । ‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद्को नेता हो,’ एमाले स्थायी समिति बैठकपछि भट्टराईले भने,‘उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो । पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा भूमिका खेल्नुभयो भन्ने हाम्रो टिप्पणी छ र यो आम टिप्पणी हो । त्यसमा उहाँले चित्त बुझ्दो जवाफ दिनुभएको छैन ।’
संसद्लाई सहज बनाउने काम सत्तापक्षको रहेको र सभामुखले यसमा सहजीकरणको भूमिका निभाउनुपर्ने भट्टराईले बताए । ‘संसद्लाई सहज बनाउने काम सत्तापक्षले गर्छ र त्यसको सहजीकरण सभामुखले गर्छ । अहिले सभामुखले अचम्म लाग्छ कि प्रमुख प्रतिपक्षी दल संसद्को सबैभन्दा ठुलो दल पनि हो । यो लोकतान्त्रिक अभ्यासमा पोख्त पार्टी हो एमाले, यस्तो पार्टीसँग संवादमा आउन चाहनु भएको छैन,’ भट्टराईले भने,‘सभामुखले त संवाद गर्नुप–यो । हाम्रो दलका नेतासँग र पदाधिकारीसँग छलफल गर्नुप–यो । के गर्नुपर्ने भनेर सोध्नुप–यो कार्य व्यवस्था समितिको कुनै बैठक छैन, सिधै लगेर एजेन्डा हालेको छ । नियमावलीअनुसार संसद्मा कार्यव्यवस्थामार्फत एजेन्डा जाने हो नि सभामुखको भूमिका निष्पक्ष भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित