आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने
![आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने](https://rpcdn.ratopati.com/media/albums/parliament_meeting_22_VXHlFY8uVG.jpg)
सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।
यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।
स्रोतले भन्यो, ‘यसमा खासै धेरै कुराहरू परिमार्जन गरिएको छैन । सामान्य परिमार्जन गरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।
सरकारले विधेयकहरू प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेले भने आफ्नो माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने बताएको छ । आजको बैठक दिउँसो १ बजे बस्दैछ ।
यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्षसँग अर्थमन्त्री जनार्दन शर्माको भेट शनिबारका लागि सरेको छ । आज हुने भनिएको भेट संसद्मा अर्थमन्त्रीको व्यस्तताका कारण शनिबारलाई सारिएको स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारीको सम्झनामा वृक्षारोपण
-
राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छः सांसद गुरुङ
-
कर्णालीको मौलिक लोक संस्कृतिको उत्खनन् गर्न ‘प्रथम कर्णाली सम्मेलन’ सुरु
-
के छ राष्ट्रिय परिचयपत्रको अवस्था ?
-
राष्ट्रिय परिचयपत्रको प्रावधानविरुद्ध नागरिकले मुद्दा हाल्न सक्छन्
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली