शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा

शुक्रबार, २५ भदौ २०७८, ०७ : ४५
शुक्रबार, २५ भदौ २०७८

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् । 

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् । 

हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप