शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीले फातिमालाई भने : एमसीसी सभामुखले रोके, हामी प्रतिपक्षमा छौँ (भिडियो)

बिहीबार, २४ भदौ २०७८, १७ : ०८
बिहीबार, २४ भदौ २०७८

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताएका छन् । 

सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताएका हुन् । 

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएअनुसार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको उल्लेख गरे । 

उनले भने, ‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउने कोशिश गरेका हौँ । सदनमा हामीले नै टेबल गरेका हौँ । सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण त्यो अनुमोदन हुन सकेन ।’ 

अहिले आफूहरू प्रतिपक्षमा रहेको र भूमिका बदलिएको पनि ओलीले एमसीसी टोलीलाई बताए । विपक्षीमा हुँदा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै ओलीले हाल सत्तारुढ दलले अहिलेसम्म एमसीसीबारे कुनै नगरेको पनि जनाए । यो अवस्थालाई यही हिसाबले बुझिदिन ओलीले आग्रह गरे र भ्रमण सफलताको शुभकामना पनि दिए । 

एमसीसी मुख्यालयको टोलीले शिष्टाचार भेटका क्रममा मूलभूत रूपमा एमसीसी परियोजनाबारे रहेका विवाद र द्विविधाबारे बताएको थियो । नेपालको अवस्थालाई ध्यानमा राखेर अनुदानका रूपमा सहायता उपलब्ध गराउन खोजिएको र धेरै कुरा प्रष्ट पारेको  टोलीको भनाइ थियो । 

नेपाल भ्रमणमा आएको एमसीसी मुख्यालयको टोलीले सबैभन्दा पहिले ओलीसँग भेट गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप