बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना, नयाँ कार्यतालिका सार्वजनिक

बुधबार, २३ भदौ २०७८, १२ : ४३
बुधबार, २३ भदौ २०७८

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ ।  प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।

यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरी सुरु हुने भएको हो । यही भदौ २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले कात्तिक अन्तिमदेखि राष्ट्रिय जनगणना गर्ने तथ्याङ्क विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो । जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।

यस्तो छ कार्यतालिका​
राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका अनुसार आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म कुल १५ दिन सञ्चालन हुने केन्द्रीय तथ्याङ्क विभागले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 
तालिकाअनुसार भाद्र २० गतेदेखि २६ गतेसम्म सुपरीवेक्षको नियुक्ति गर्ने, भाद्र २७–२८ गते नयाँ, पुराना सबै सुपरीवेक्षकहरुका लागि तालिम सञ्चालन गर्ने कार्यतालिका छ । 

यस्तै, भाद्र २९ गते ट्यावलेट प्रयोग हुने जिल्ला काठमाडौंका लागि नयाँ नियुक्त हुने सुपरीवेक्षकका लागि तालिमको व्यवस्था गरिने विभागले जनाएको छ । भाद्र ३० देखि आश्विन १८ गतेसम्म घर तथा धर परिवार सूचीकरण गर्ने, कात्तिक ९ देखि ११ सम्म गणकको नियुक्ति गर्ने र कात्तिक १३ देखि १६ सम्म गणकहरुको तालिम सञ्चालन गरिने कार्यसूची छ ।  तयारीका काम सकेपछि मूल जनगणना कार्य आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप