तरलता अभाव घटाउन दुई अर्ब ६५ करोड रुपैयाँ बजार पठाइँदै
बुधबार, २३ भदौ २०७८, १२ : १७
बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो ।
तरलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ ।
राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहेको रकम बजार पठाउने भएको हो । यसका लागि ‘ग’ वर्गका वित्तीय संस्थाले १३ करोड २५ लाख रुपैयाँ रकमका लागि आवेदन गर्न सक्छन् ।
यस्तै, राष्ट्रिय स्तरका ‘ग’ वर्गका विकास बैङ्कले ३९ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कले २ अर्ब १२ करोड रुपैयाँमा रकम राष्ट्र बैङ्कमार्फत लिन सक्नेछन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय