एमसीसीबारे बहस : सरकार राेक्दै, अमेरिका स्वागत गर्दै

नेपाल सरकारले एमसीसी बारेको बहस र शान्तिपूर्ण प्रदर्शनलाई निषेध गर्ने कदम चालिरहँदा अमेरिकाले भने एमसीसीबारेको बहसलाई स्वागत गर्ने बताएको छ । गृह मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै एमसीसीबारे बहस र प्रदर्शनप्रति आपत्ति जनाउँदै कारवाही नै गर्नेसम्मको चेतावनी दिएको थियो । सरकारको यस कदमको चौतर्फी आलोचना भइरहेको छ । यसका विरुद्ध प्रदर्शनहरु पनि भइरहेका छन् ।
तर, अमेरिकाले भने एमसीसीबारे तथ्यमा आधारित बहस र स्वतन्त्र अभिव्यक्तिको दृढ समर्थक रहेको बताएको छ । शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्य रहेको अमेरिकाको भनाइ छ । नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘एमसीसीबारे लगायत तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थक हौँ । शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्य हो । अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको साझेदार रहेको छ र सधैं यसको दीर्घकालीन समृद्धिलाई समर्थन गर्दछ ।’
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to peacefully express one’s views is intrinsic to democracy. The US has been a partner of Nepal and its people for decades & will always support its long-term prosperity.
— U.S. Embassy Nepal (@USEmbassyNepal) September 6, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब