संखुवासभा सामूहिक हत्या : घरबाहिर चार ठाउँमा ६ जनाको शव !
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एउटा परिवारको सामूहिक हत्या भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान ५२ वर्षीय तेजबहादुर कार्की सहित ६ जनाको शव घरबाहिर फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्की सहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको छ । उनीहरुको शव घरबाहिर चार ठाउँमा फेला परेको छ । फरक–फरक ठाउँमा शव फेला परेको बताइएको छ ।
परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले आफु घटनास्थलमा जाँदै गरेको रातोपाटीलाई बताए ।
पावर्तकी कार्कीको शव घरमा फेला परेको छ । तेज बहादुरको शव सडकमा फेला परेको छ । बुहारी रञ्जनाको शव खोलामा र विपिन र गोमाको शव १ किलोमिटर पर बारीमा भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
