शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संखुवासभा सामूहिक हत्या : घरबाहिर चार ठाउँमा ६ जनाको शव !

परिवारका एकजना सकुशल भेटिए
सोमबार, २१ भदौ २०७८, १६ : ०१
सोमबार, २१ भदौ २०७८

 संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एउटा परिवारको सामूहिक हत्या भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको  छ । सोमबार बिहान ५२ वर्षीय तेजबहादुर कार्की सहित ६ जनाको शव घरबाहिर फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।  

घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्की सहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको छ । उनीहरुको शव घरबाहिर चार ठाउँमा फेला परेको छ । फरक–फरक ठाउँमा शव फेला परेको बताइएको छ ।

परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले आफु घटनास्थलमा जाँदै गरेको रातोपाटीलाई बताए ।

पावर्तकी कार्कीको शव घरमा फेला परेको छ । तेज बहादुरको शव सडकमा फेला परेको छ । बुहारी रञ्जनाको शव खोलामा र विपिन र गोमाको शव १ किलोमिटर पर बारीमा भेटिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप