शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री–गभर्नर वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’

सोमबार, २१ भदौ २०७८, १५ : ४५
सोमबार, २१ भदौ २०७८

निरन्तर ओरालो लागेको सेयर बजार एक सातापछि आज बाउन्स ब्याक भएको छ । १६१.९४ अंकले बाउन्स ब्याक हुँदा नेप्से परिसूचक २९८०.७८ अंक कायम भएको हो । 

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा केन्द्रीय बैंकले लगाम कसेपछि सेयर बजार सूूचक खस्किएको थियो । लगानीकर्ताहरू आन्दोलनमै उत्रिएपछि आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच फोनमा कुराकानी भएको थियो । 

अर्थमन्त्री शर्माले गभर्नरलाई पूँजीबजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए । गभर्नर अधिकारीले अर्थमन्त्रीसँग सेयर धितो कर्जामा लगाइएको सीमा खुकुलो बनाउने प्रतिबद्धता जनाएसँगै पूँजीबजारमा उछाल देखिएको हो । 

​साताको पहिलो दिन आइतबार (हिजो) नेप्से १४७ अंकसम्म घटेको थियो । आज पनि झण्डै १०० अंकको गिरावट देखिएको थियो । तर, अर्थमन्त्री र गभर्नरबीच यस विषयमा कुराकानी भएको खबर बाहिरिएपछि बजार एकाएक उकालो लागेको हो ।

आज १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँमा कारोबार भएको छ । 

२११ वटा कम्पनीको सेयर बढ्दा ५० भन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको मूल्य स्थिति छ ।

उपसमूहतर्फ विकास बैंक ९.९२, फाइनान्स ९.३४, जलविद्युत ९.११, लगानी समूह ६.८३, होटल तथा पर्यटन ५.६३, जीवन बीमा समूहमा ५.१ प्रतिशत वृद्धि देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप