गभर्नरलाई अर्थमन्त्रीको निर्देशन : शेयर बजारका समस्या सल्ट्याउनूू

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् ।
पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आज (सोमबार) फोन गरेका थिए । कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् । साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने
-
रुपन्देहीमा राप्रपा जिल्ला अध्यक्षद्वारा पार्टीबाट राजीनामा
-
दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
-
डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
-
काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान
-
निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले बनाउने नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्छ : अध्यक्ष अग्रवाल