गभर्नरलाई अर्थमन्त्रीको निर्देशन : शेयर बजारका समस्या सल्ट्याउनूू
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् ।
पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आज (सोमबार) फोन गरेका थिए । कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् । साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण