बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भीम रावललाई गृहनगरमै झट्का, साँफेबगरका मेयर र उपमेयर माधव पक्षमा लागे

आइतबार, २० भदौ २०७८, २२ : ४८
आइतबार, २० भदौ २०७८

 नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् ।

उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर विर्मलादेवी बुढ्थापाले आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत थिए । 

नगर प्रमुख कुँवर र उपप्रमुख बुढ्थापासँगै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एकीकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।

एमालेका जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले नेकपा एस रोजेपछि रावलले अछाममा ठूलो शक्ति गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश हुँदै रावलले गृह जिल्लामा पनि धक्का लागेको हो । तत्कालीन माधव नेपाल समूहमा हुँदा रावललाई साथ दिएका ५० प्रतिशत बढी अछामका कार्यकर्ताले साथ छोडेको दावी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा १७ मध्ये ४ सांसद मात्र रावलको पक्षमा उभिएका थिए । एमालेमा केपी ओली र माधव नेपाल कित्ता छुटिँदा १३ सांसद रावलले गुमाउनु परेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप