आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

आइतबार, २० भदौ २०७८, १५ : ५७
आइतबार, २० भदौ २०७८

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।

यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए । आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप