सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी
सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।
आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।
यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए । आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण