बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिलले शानदार गोल गरे, सेलिब्रेशन गरेनन्

आइतबार, २० भदौ २०७८, १९ : ३२
आइतबार, २० भदौ २०७८

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । 

तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप