सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

आइतबार, २० भदौ २०७८, १९ : २७
आइतबार, २० भदौ २०७८

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो । 

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

सुनिलले शानदार गोल गरे, सेलिब्रेशन गरेनन्

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप