शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

शुक्रबार, १८ भदौ २०७८, ११ : ३४
शुक्रबार, १८ भदौ २०७८

नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा  अवरुद्ध सडक सुचारु भएको छ । 

शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार  पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको छ । 

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप