शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

शुक्रबार, १८ भदौ २०७८, ०९ : ४६
शुक्रबार, १८ भदौ २०७८

 

नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप