अझै उठ्न सकेन काठमाडौँको फोहोर, तस्बिर हेर्नुहाेस्
करिब २ साता लामो अवरोधका कारण उठ्न नसकेको काठमाडौँको फोहोर मैला आज पनि उस्तै छ । काठमाडौँ महानगरले आज बुधबार बिहान ६ बजेदेखि फोहोर उठाउने उद्घोष गरेको थियो । तर, अझै सहरका अधिकांश चोक, गल्ती तथा फुटपाथमा फोहोरहरूको डङ्गुर लागेको छ । जसले सहर नै कुरूप र दुर्गन्धित बनिरहेको छ ।

के कारणले सहरको फोहोर उठ्न सकेन भन्ने प्रश्नमा बर्खाका कारण बाटोको अवस्था र स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सीमित सङ्ख्यामा रहेका महानगरको फोहोर मैला ढुवानीका ट्रकहरूका कारण सहरको फोहोर एकै पटक उठाउन नसकिएको रातोपाटीसँग बताइन् ।

‘हामीसँग सीमित सङ्ख्यामा फोहोर मैला ढुवानीका साधनहरू छन् । १५० को सङ्ख्यामा रहेका ट्रकहरूले २ साता लामो सहरमा थुप्रिएको फोहोर एकै दिन उठान सम्भव छैन । त्यो पनि पहिले देखिनै लोडेड छन् । त्यसैले समस्या आएको हो । तर, एक दुई दिन भित्रमा सहरका सबै फोहोर उठाइसक्छौँ’ उपमेयर खड्गीले बताइन् ।

जहाँसम्म बाटोको अवरोध छ, त्यो केही हदसम्म अहिले सुधार भएको र स्थानीयको अवरोध समेत हिजो बसेको महानगर र स्थानीयवासी बीचको छलफलले एउटा टुङ्गो लागेको खड्गीले जानकारी दिइन् ।

उनका अनुसार बाटोको सुधारका साथै स्थानीयवासीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, उपचार र प्रभावित स्थानीयलाई रोजगारीको सुनिश्चितता गर्ने महानगरले सहमति गरेको छ । जुन यसअघि पनि महानगरले गर्दै आएको खड्गीको भनाई छ ।

तर, नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल साइड २ वर्षका लागि भनेर प्रयोगमा ल्याए पनि १५ वर्षसम्म बितिसक्दा समेत प्रयोग गरिरहँदा फोहोर भरिएर समस्या आएको उपमेयर खड्गीको भनाई छ । यसको विकल्प छिटै सरकारले निर्माणाधीन बन्चरे डाँडा ल्याण्ड फिल्ड साइड प्रयोगमा ल्याउनुपर्ने खड्गीको भनाई छ ।





फोटो : कृष्ण खड्का/सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण