नेकपा समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन
आइतबार, १३ भदौ २०७८, २२ : २६
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
