बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : माधव नेपाल

आइतबार, १३ भदौ २०७८, १३ : ३८
आइतबार, १३ भदौ २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । आइतबार बानेश्वरमा संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।

नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताए । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टी तहसनहस पारेको बताए । 
उनले नेकपा कालमा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन सबैलाई पालैपालो आफूपछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको उल्लेख गरे ।

ओलीले पुस ५ गते संसद विघटन गरेर प्रतिगमनको बाटोमा लागेको बताउँदै पुनःस्थापित संसदमा आफूले विश्वासको मत नपाएपछि पुन संसद विघटन गर्दै आफ्नो पक्षमा बहुमत छ भनेर राष्ट्रपतिकोमा दावी गरेर लाजमर्दो काम गरेको उल्लेख गरे । उनले संसदबाट अविश्वासको मत पाउने वित्तिकै राजीनामा गर्नुपर्नेमा उल्टै बहुमत दावी गर्नु आश्चर्यको विषय भएको बताए ।   

उनले ओलीको विपक्षमा १ सय ४६ जना छौँ भनेर सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर सनाखत गरेको उल्लेख गरे ।  उनले ओलीको चिन्तनमा विचलन भएकोले उनको व्यवहारमा पनि विचलन आउँदा त्यसले ठूलो क्षेत्रलाई प्रभाव पारेको बताए । उनले भने– ‘म नै सर्वेसर्वा, म नै पार्टी भन्ने चिन्तनको विकास भएकोले त्यसको असर सरकार, पार्टी, कार्यकर्ता, समाजमा असर पर्यो । उनले पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका सदस्य, मिडियाकर्मी कसैलाई बाँकी राखेनन् ।’
उनले ओलीको जस्तो स्वभाव छ उनका शिष्यहरुको बोली बाणीपनि त्यस्तै रहेको बताए । ओलीका चेलाहरूले पार्टीभित्रको वातावरण नै धुमिल भएको बनाएको नेता नेपालको भनाई छ ।  उनले पार्टीका सांसदहरुलाई पार्टीको क्रान्तिकारी धार विस्तारको अभियानलाई अघि बढाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप