संवैधानिक परिषदसम्बन्धी मुद्दाको पेसी प्रधानन्यायाधीशले नतोक्ने, फैसला गर्ने दिन बिदामा बस्ने
संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो भूमिकालाई खुम्च्याएका छन् ।
शुक्रबार रिट निवेदकहरुले प्रधानन्यायाधीश जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए ।
सो रिट निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि प्रधानन्यायाधीश जबराले इजलासमा आफ्नो भूमिका सीमित तुल्याएका हुन् । जसअनुसार सो रिट निवेदनमाथिको पेसी तोक्न उनको भूमिका रहने छैन ।
रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् । यस्तै मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् ।
यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए ।
प्रधानन्यायाधीशले संवैधानिक इजलासमा ४ जना न्यायाधीशको रायमा आफू सहमत हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण