संवैधानिक परिषदसम्बन्धी मुद्दाको पेसी प्रधानन्यायाधीशले नतोक्ने, फैसला गर्ने दिन बिदामा बस्ने

संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो भूमिकालाई खुम्च्याएका छन् ।
शुक्रबार रिट निवेदकहरुले प्रधानन्यायाधीश जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए ।
सो रिट निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि प्रधानन्यायाधीश जबराले इजलासमा आफ्नो भूमिका सीमित तुल्याएका हुन् । जसअनुसार सो रिट निवेदनमाथिको पेसी तोक्न उनको भूमिका रहने छैन ।
रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् । यस्तै मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् ।
यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए ।
प्रधानन्यायाधीशले संवैधानिक इजलासमा ४ जना न्यायाधीशको रायमा आफू सहमत हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
-
पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने
-
दुई नयाँ पोस्टरमा यस्तो देखियो ‘महाभोज’
-
‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश