महाधिवेशनबारे पौडेल पक्षको छलफल चाक्सीबारीमा

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक बसेको छ । शुक्रबार विहान सवा ८ बजेबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक चलिरहेको छ ।
छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।
आफू पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनसन र १४ औं महाधिवेशनका विषयमा छलफल भइरहेको सिंहका स्वकीय सचिव युपी लामिछानेले रातोपाटीलाई बताए ।
जिल्ला सभापतिहरूले १४ औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । काँग्रेसले विहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।
महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)