बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको निष्कर्ष : ओली दक्षिणपन्थी, घनश्याम भुसालहरू मध्यपन्थी !

बिहीबार, १० भदौ २०७८, २२ : ०७
बिहीबार, १० भदौ २०७८

नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको छ । उसले ‘मध्यपन्थी अवसरवादी’ हरु भनेर एमालेमा विलीन भएको तेस्रो धारलाई लक्षित गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका तर्फबाट वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ ।’

​नवगठित एकीकृत समाजवादी पार्टीले ‘मध्यपन्थी अवसरवादी’ भनेर एमालेभित्रको तेस्रो धारलाई लक्षित गरेको हो । उनीहरुले विद्रोह गर्न नदिएर अल्मल्याएको र अन्ततः ‘दक्षिणपन्थी’हरुसँग मिल्न गएको उसको संकेत छ ।

एमालेको तेस्रो धारमा युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम रावल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अमृत बोहोरा र रघुजी पन्त थिए । उनीहरु ओली नेतृत्वको एमालेमा सहमाहित भएपछि नेपाल पक्षले उनीहरुलाई ‘मध्यपन्थी अवसरवादी’ किटानी गरेको हो ।

एमालेको संस्थापन पक्ष केपी ओलीलाई चाहिँ नयाँ दलले ‘दक्षिणपन्थी अवसरवादी भासमा जाकिएको’ बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति–   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप