हाम्रो पार्टी आर्थिक,सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी जन आधारित पार्टी हुने दावी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजलाई,आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी बन्ने बताए ।
‘हामी पुरानो बाटो र लिकमा जाँदैनौ । जुन ओलीले नेतृत्व गरेको पार्टीको संस्कार र परिपार्टी भन्दा भिन्न हुनेछ । क्रान्तिकारी संस्कारयुक्त पार्टी, जनताको जनवादलाई स्वीकार्नेछ’, आफ्नो पार्टी विशेषताबारे उनले बताए । ‘आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ । समाजवादको यात्रामा निरन्तर अघि बढ्ने छ । राष्ट्रपति, जनता र सिद्धान्तप्रति निष्ठावान भएर लागिरहने छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टी नीजि स्वार्थका कुसंस्कारीको झुण्ड र केही नेताको भजन मण्डली नहुने भन्दै मार्क्सवाद, लेनिनवाद र समाजवादप्रति समर्पित जन आधारित कार्यकर्ताको पार्टी हुने बताए । उनले आगामी दिनमा पनि वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै नयाँ समाज निर्माणतर्फ अघि बढ्ने बताए ।
आफ्नो पार्टीसँग सबै छिमेकीसँग मित्रवत व्यवहार रहने भन्दै उनले छिमेकी देशको संवेदनशीलता बुझ्ने भन्दै उनले आफ्नो संवेदनशीलता पनि छिमेकीहरूले बुझ्नेछन् भन्ने विश्वास रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

