बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यातायात व्यवसायीलाई दिने कर्जामा लचकता

मङ्गलबार, ०८ भदौ २०७८, २१ : २७
मङ्गलबार, ०८ भदौ २०७८

नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।

निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सीमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साधन २ लाखसम्म थप ऋण प्रदान गर्न सक्नेछन् ।’

कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई दिइने यस्तो कर्जाका लागि इक्वीटी रेसियो र २०७९ असार मसान्तसम्ममा एकल ग्राहक कर्जा सीमा कायम नगरे हुने भएको छ । केन्द्रीय बैङ्कले महामारीबाट प्रभावित बनेका यातायात व्यवसायीलाई दिने राहतस्वरुप यस्तो व्यवस्था कायम गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप