१२ करोडभन्दा बढी सेयर कर्जा लिएका लगानीकर्ताले एक वर्षमा सीमामा ल्याउनुपर्ने
लगानीकर्ताहरूले सेयरमा लगानी गर्न लिएको १२ करोड रुपैयाँभन्दा बढी कर्जा एक वर्ष भित्र सीमामा ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) निर्देशन जारी गर्दै कर्जा सीमामा ल्याउन समय सीमा तोकेको हो ।
यसअघि, केन्द्रीय बैङ्कले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमा लगानीकर्ताले सेयर धितो ऋण १२ करोडभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन आज निर्देशन जारी गरेको हो । यसको अर्थ तोकिएको सीमाभन्दा बढी कर्जा लिएका लगानीकर्ताले २०७९ सालको असार मसान्तसम्ममा सीमामा ल्याइसक्नुपर्ने छ ।
यस्तै, निर्देशनले एउटा संस्थाको सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ । यसको अर्थ लगानीकर्ताले एउटा संस्थाबाट ४ करोडभन्दा बढी सेयर धितो कर्जा लिन पाउने छैनन् । यस्तै, सबै वित्तीय संस्थाबाट सेयर कर्जा १२ करोडभन्दा बढी लिन पाउने छैनन् ।
लगानीकर्ताहरूले भने सेयर कर्जामा राष्ट्र बैङ्कले सीमा तोक्न नहुने र यसरी सीमा तोकिएमा लगानीकर्ताको मनोबल घट्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण