१२ करोडभन्दा बढी सेयर कर्जा लिएका लगानीकर्ताले एक वर्षमा सीमामा ल्याउनुपर्ने

लगानीकर्ताहरूले सेयरमा लगानी गर्न लिएको १२ करोड रुपैयाँभन्दा बढी कर्जा एक वर्ष भित्र सीमामा ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) निर्देशन जारी गर्दै कर्जा सीमामा ल्याउन समय सीमा तोकेको हो ।
यसअघि, केन्द्रीय बैङ्कले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमा लगानीकर्ताले सेयर धितो ऋण १२ करोडभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन आज निर्देशन जारी गरेको हो । यसको अर्थ तोकिएको सीमाभन्दा बढी कर्जा लिएका लगानीकर्ताले २०७९ सालको असार मसान्तसम्ममा सीमामा ल्याइसक्नुपर्ने छ ।
यस्तै, निर्देशनले एउटा संस्थाको सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ । यसको अर्थ लगानीकर्ताले एउटा संस्थाबाट ४ करोडभन्दा बढी सेयर धितो कर्जा लिन पाउने छैनन् । यस्तै, सबै वित्तीय संस्थाबाट सेयर कर्जा १२ करोडभन्दा बढी लिन पाउने छैनन् ।
लगानीकर्ताहरूले भने सेयर कर्जामा राष्ट्र बैङ्कले सीमा तोक्न नहुने र यसरी सीमा तोकिएमा लगानीकर्ताको मनोबल घट्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिकको दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
-
कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर