बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको अष्टलाई बधाई, अरूलाई स्वागत

मङ्गलबार, ०८ भदौ २०७८, १६ : ५३
मङ्गलबार, ०८ भदौ २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् ।  तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन् ।

‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’ भन्दै ओलीले शाक्यको प्रशंसा गरे । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् ।

ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गरे । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् ।

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप