एमाले बैठकमा तेस्रो धारको 'इन्ट्री', तस्बिरमा हेर्नुहाेस्
नेकपा एमालेको स्थायी समिति बैठकमा पार्टीभित्र तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी भएका छन् । मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पछि सुरु भएको हो । तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ ।
नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।
स्थायी समिति बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।
सोमबार अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएका थिए । त्यसपछि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका थिए ।
बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरु भीम आचार्य, योगश भट्टराई, गोकर्ण विष्ट, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, अमृत बोहरा र रघु पन्त सहभागी भएका हुन् ।
सोही बैठकमा सहभागी हुन माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा, वादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी र मणिचन्द्र थापा पनि बैठकस्थल पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु