टुंगियो काँग्रेस क्रियाशील सदस्यता विवाद : देउवा र पौडेलले बुझे प्रतिवेदन
काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो ।
छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।
उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो । उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।
त्यसपछि देउवा र पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ । साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् । विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बताएको छ । सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् ।
न्यूनतम आधार तयार पारेर अरू पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरूले पनि अधिवेशनमा भाग लिन पाउने भएका छन् । ‘हामीले आधार र मापदण्ड बनाएका छौँ । त्यही अनुसार अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरूले पनि क्रियाशील सदस्यता पाउने भएका छन्,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
