पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित
रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ ।
रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाईकलमा लागुऔषध राख्न लगाएको प्रहरीको छानबिनबाट थाहा भएको छ । सह–सचिव सहनी फरार छन् ।
लागुऔषध राखेपछि सञ्जयले असई यादव र जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताइएको छ । धीरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्रसन्बन्धी कसुरमा कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।
साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो ।
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।
तर, रौतहटका पत्रकारहरुले प्रहरीको छानविन फितलो भएको भन्दै प्रदेशस्तरको छानबिन समिति बनाएर घटनाको थप अनुसन्धान गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण