एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने
अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएका छन् । नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।
अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि यसअघि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका हुन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् । सोमबार ओलीसँगको छलफलपछि मंगलबार ११ बजे एमाले स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण